ईन्जिनियर्स एसोसियशनमा बामपन्थीको कब्जा

काठमाडौं, पुष २ । नेपाल ईन्जिनियर्स एसोसियशनको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध ईन्जिनियरहरुले बर्चस्व कायम गरेका छन् ।

केहीबेर अघि प्रकाशित मतपरिणाम अनुसार अध्यक्षसहित सवै पदाधिकारी र ५ सदस्य पदमा नेकपाका ईन्जिनियरहरु विजयी भएका छन् ।

अध्यक्षमा नेकपा सम्वद्ध त्रिरत्न बजाचार्यले प्रतिपक्षी दल नेपाली कांग्रेस सम्वद्ध हिरेन्द्रमान प्रधानलाई पराजित गरेका छन् ।

उपाध्यक्षमा आशिश घिमिरे, महासचिव छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्ष राम एकवाल यादव र सहकोषाध्यक्षमा चाँद माला गरी सवै पदाधिकारीमा नेकपा सम्वद्ध उम्मेदवार विजयी भएका छन् ।

सदस्यमा भने नेकपा सम्बद्ध ५ तथा कांग्रेस सम्वद्ध ७ सदस्यले जित हात पारेको मतदानमा सम्लग्न ईन्जिनियर राजेश्वर फुंयालले जानकारी दिए ।

नेकपाका तर्फबाट विजयी हुने सदस्यमा गजेन्द्र कुमार झा, दिलिप विक, छवी अधिकारी, टेक कटुवाल र प्रताप सापकोटा छन् ।

त्यस्तै, लोकतान्त्रिक प्यानलबाट विजयी हुनेमा ज्योतीमणी भटराई, एभरेष्ट केसी, सागर श्रेष्ठलगायत रहेका फुँयालले बताए । प्रदेश ३ मा भने नेकपा प्यानल पूरै विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्