छोराको कोदालो प्रहारबाट आमाको मृत्यु, तीन जना घाइते

सुर्खेत, पुष २ । छोराको कोदालो प्रहारबाट दैलेखमा एक महिलाले ज्यान गुमाएकी छन् । जिल्लाको नारायण नगरपालिका–३ भुर्तीका २६ वर्षीय बालाराम नेपालीले कोदालो प्रहार गर्दा ४७ वर्षिय आमा पार्वती सार्कीको मृत्यु भएको हो।

मानसिक सन्तुलन बिग्रेका बालारामले आत्महत्या गर्न नदिएपछि आमाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले आत्महत्या गर्न लागेका बालारामलाई आमा पावर्तीले बचाएकी थिइन्।

आत्महत्या गर्न नपाएको झोँकमा बालारामले कोदालो प्रहार गर्दा पार्वतीको घटनास्थलमै मृत्यु भएको हो । बालारामले आमा पार्वती हत्यापछि अन्य तीन जनामाथि आक्रमण गरेका छन्।

उनले जथाभावी ढुङ्गामुढा गरेपछि हजुरआमा ७० वर्षीय जुहारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशिला नेपाली घाइते भएकी छन्।

हजुरआमा जुहारा गम्भीर घाइते भएकी छन्। मनधराको हात र कौशीलाको खुट्टामा चोट लागेको छ। घाइतेहरुको जिल्ला अस्पताल दैलेखको उपचार भइरहेको डिएसपी पोखरेलले बताए।

कमेन्ट गर्नुहोस्