नेपाललाई निराशा, फिलिपिन्सकी केट्रिओना बनिन मिस यूनिभर्स २०१८

बैंकक, यस वर्षको मिस यूनिभर्सको ताज फिलिपिन्सकी केट्रिओना ग्रेले जितेकी छिन् ।

प्रतियोगिताको शीर्ष १० मा पुग्न सफल भएपनि नेपालकी मनिता देवकोटाले प्रतियोगितामा थप प्रगति गर्न सकिनन् ।

प्रतियोगितामा भेनेजुएलाकी मोडल तथा अभिनेत्री स्टेफनी गुटेरेज दोश्रो तथा दक्षिण अफ्रिकाकी तारिन ग्रीनले तेश्रो स्थान ओगटन सफल भइन ।
अन्तिम प्रतिष्पर्धामा मिस रुस यूलिया पोलिचिखिनाको पोशाकलाई अतिथि तथा दर्शकका तर्फबाट सर्वश्रेष्ठ घोषणा गरियो ।

नयाँ मिस यूनिभर्स फिलिपिन्समा एचआईभीविरुद्धको अभियान तथा अन्य कैयन सामाजिक क्षेत्रमा सक्रिय सेलेबे्रेटी हुन ।

प्रतियोगितामा पहिलोपटक यौनिक अल्पसंख्यक पनि सहभागि थिइन । स्पेनकी ट्रान्स जेण्डर एन्जेले पासले प्रतियोगितामा सबैको मन जितेकी थिइन ।

कमेन्ट गर्नुहोस्