सबैकाे घरमा खानेपानी पुर्‍याउँछौंः मन्त्री चौधरी

लमही, पुष २ । प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सबै घरमा खानेपानी पुर्‍याइने बताएका छन् ।

दाङको बबई गाउँपालिका–५ को सिमगैरा खैरभट्टी खानेपानी उपभोक्ता संस्थाको आज उद्घाटन गर्दै उनले कुनै पनि नागरिक खानेपानीबाट वञ्चित हुन नहुनेमा जोड दिए ।

अझै पनि प्रदेशका धेरै बस्तीमा खानेपानी समस्या रहेको उल्लेख गर्दै उनले समस्या अन्त्य गर्न सरकार तत्पर रहेको बताए । उनले भने, “एक घर, एक धारा अभियानलाई सार्थकता तुल्याइने छ ।” कार्यक्रममा प्रदेशसभा सदस्य उत्तरकुमार वलीलगायतले बोलेका थिए । रासस

कमेन्ट गर्नुहोस्