नेकपाको स्थायी समिति बैठक सकियो, नेता गजुरेलद्वारा लिखित सुझाव पेश

काठमाडौं, पुष २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सम्पन्न भएको छ ।

धुम्बाराहीमा आज बसेको बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेत लगायत १० जना नेताहरुले बोलेका थिए ।

हरिवोल गजुरेलले भने लिखित ‘डकुमेन्ट’ सहित सुझाव पेश गरेका थिए । बैठक भोलि बिहान ८ बजे बस्ने गरी सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्