आन्दोलनरत जनयुद्वका घाइतेको माग पूरा गर्न वाइसियल अध्यक्ष दीपशिखाको आग्रह

काठमाडौं, पुष २ । पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा वाईसियलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले दश वर्षे जनयुद्धका क्रममा घाइते भएकाको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक अपिलसहित माईतिघर मण्डलामा धर्नामा बसेका जनयुद्धका बेला घाइले भएका अपांगता भएकाहरुको तस्बिर पोष्ट गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका दिपशिखाले यस्तो आग्रह गरेका हुन् ।

पार्टी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संबोधन गर्दै उनले लेखेका छन्,‘आदरणीय अध्यक्ष प्रचण्ड र नेता बादल ! माईतिघर मण्डलामा भोकहड्तालसहित यो ठण्डीमा ५ दिनदेखि नांगो आकाशमुनि लडिरहेका यी घाईते अपांगहरू हिजो गणतन्त्रका लागी लड्ने जनसेनाका योद्दाहरू हुन् । यी हाम्रा जनताका सिपाहीहरू हुन् । हामी विस्वस्त छौं- तपाईहरू यिनका माग सम्बोधनमा गंभिर गृहकार्य गरिरहनुभएको छ, र हाम्रा प्रिय सहकर्मीका भोक र ठिहि सँगै हुनुहुन्छ ।’

कमेन्ट गर्नुहोस्