पाकेटमारको नाइकेसहित सात जना पक्राउ

काठमाडौं, पुष २ । साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चक्रपथ रुटमा चल्ने विभिन्न सवारी सधानमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै आएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अभियुक्तको कोठा खानतलासी गर्दा रु ७० हजार ५००, भारतीय रुपैयाँ पाँच हजार ५००, लागूऔषध गाजा र विभिन्न कम्पनीका ३० थान मोबाइलसमेत बरामद गरेको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्