गर्भवती शिक्षिकाको हत्या गरेर फरार चार जना एकै दिनमा पक्राउ

काठमाडौँ : एकजना ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले एकै दिनमा पक्राउ गर्न सफल भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले यही आइतवार मुगुको सोरु गाउँपालिका–८ घर भइ टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको हत्या गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपाल प्रहरीबारे जान्नैपर्ने कुराहरु (परीक्षा तयारी र सामान्य जानकारीका लागि विशेष उपयोगी)

पक्राउ पर्नेहरुमा मुगुको सोरु गाउँपालिका–८ की २६ वर्षीया विष्णुमाया मल्ल (शाही), मुगुकै छायानाथ रारा नगरपालिका–१ की २६ वर्षीया भगवती मल्ल, छायानाथ नगरपालिका–१ का २१ वर्षीय गान्डिपराज मल्ल र पोखरा महानगरपालिका–८ की २३ वर्षीया रिता केसी रहेका छन् ।

उनीहरुले अजिताको टोखा नगरपालिका–८ मिलनटोलस्थित तारानाथ अर्यालयको घरमा हत्या गरेर फरार भएका थिए । उनीहरु सबैजनलाई अपराध महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट सोमबारै पक्राउ गरी हिरासतमा लिएको हो । हत्यामा संलग्न सबैले बयानका क्रममा घटना स्वीकार गरेको पनि एसएसपी सिंहले बताए ।

याे पनि पढ्नुस  अपहरणमा परेका ६ महिलाको शव भेटियो

अन्नपूर्ण पोष्टबाट साभार

कमेन्ट गर्नुहोस्