ईपीएलको पहिलो क्वालिफायर खेलमा ललितपुर र काठमाडौं भिड्दै

एभेरेस्ट प्रेमियर लिग क्रिकेट ईपीएलको पहिलो क्वालिफायर खेलमा आज मंगलबार ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिष्पर्धा हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे खेला सुरु हुनेछ। पाँच खेलमा समान चार खेल जिते पनि रन रेटका आधारमा ललितपुर शीर्ष र काठमाडौं दोस्रो स्थानमा रहँदै क्याविफायरमा प्रवेश गरेका हुन्।

आजको विजेताले सिधै फाइलनमा प्रवेश गर्ने पाउनेछ भने पराजित टिमले एलिमिनेटर राउन्डको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरमा भैरहवा ग्लेडिएटर्स र चितवन टाईगर्सबीच प्रतिस्पर्धा हुनेछ।

लिगको अन्तिम खेलमा विराटनगर वारियर्स, काठमाडौंसँग पराजित भएपछि रन रेटका आधारमा चितवनले अघिल्लो चरणमा स्थान बनाएको हो।

भैरहवाको ६ र चितवनको ४ अंक थियो। रन रेटले पछि परेको विराटनगरले पनि २ खेल जित्यो भने पोखरा राईनोज अंकविहीन बन्यो।

कमेन्ट गर्नुहोस्