आर्थिक अभावका कारण छोराको उपचार हुन नसक्दा…

भक्तपुर, पुस ३ ।

बाजुराका सर्वदिद हमाल आफ्ना छोराको उपचारका लागि काठमाडौँ आएका हुन् । बाजुरादेखि ७ डाँडा पार गरी काठमाडौँ त आए । तर, उनीसँग राम्रो उपचारका लागि आर्थिक जोहो गर्न सकिरहेका छैनन् ।

उनको नाति सानो हुँदा खुट्टामा घाउ भएको थियो त्यो घाउ ठीक नलाग्दै उनको फेरि स्कूलमा लडेर खुट्टा भाँचियो । काठमाडौँ आउनुपूर्व उनी नातिलाई लिएर उपचारका लागि भारत पनि गए । तर, त्यसपछि निको नभएपछि नेपालगन्ज र चितवन हुँदै काठमाडौँ आईपुगे ।

१० कक्षामा अध्धयनरत नातिको अझै खुट्टाको घाउ ठिक भएको छैन । उपचारका कारण राजधानी आएका उनको पढाई पनि पूरा हुन सकेको छैन । अहिले छोरालाई वीर अस्पतालमा उपचार गराइरहेका छन् । हमाल साधारण किसान हुन् । घरमा पालिएको गाई बाख्रा पालेर आर्थिक जोहो गरिरहेका छन् तर उपचारका लागि धाउँदा धाउँदा २–३ लाख लागिसकेको छ।

उनी र उनका नाति होटलमा बस्दै आएका छन् । होटेलमा बस्दा खाँदा उपचारका खर्च गरी आफ्नो जम्मा रकम सकिएर ऋण पनि लिएको हमालले बताए । उनी भन्छन, ‘हामीसँग ५ रुपैया पनि छैन, पैसा छैन भन्दैमा मान्छे नै मार्न दिन त भएन सकेसम्म उपचार गर्ने विचार गरेर हिडेको छु ।’ उनले विरामीको औषधीको लागि सहयोगको अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्