नेकपा स्थायी कमिटीको तेश्रो बैठक सम्पन्न, महासचिव पौडेलले जारी गरे विज्ञप्ती

काठमाडौं, पार्टी एकीकरण तथा सरकारको समीक्षामा केन्द्रीत रहेर जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटिको आज बसेको बैठक सम्पन्न भएको छ ।

बैठकमा यसअघि प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ ।

बैठक समाप्तीपछि पार्टी महासचिव विष्णु पौडेलल विज्ञप्ती जारी गरी भोली पुनः बैठक बस्ने जानकारी दिएका छन् ।

बैठक आज बिहान ८ बजेर ३० मिनेटमा शुरु भएको थियो ।

आजको बैठकमा केशव बडाल, टोप बहादुर रायमाझी, भीम रावल, सत्यनारायण मण्डल, शंकर पोखरेल, योगेश भट्टराई, सोमनाथ अधिकारी ‘प्यासी’, पृथ्वी सुब्बा गुरुङलगायतले प्रस्तुत भएका प्रतिवेदनमाथि विचार व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्