नेपाल टेलिकमले प्रति शेयर ५५ रुपैयाँ नगद लाभांश दिने

काठमाडौंं– नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

यहि पुष २ गते बसेको संचालक समितिको बैठकले प्रति शेयर ५५ रुपैयाँको दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लभांश नेपाल सरकारबाट स्वीकति प्राप्त भई आए पश्चात कम्पनीको आगामि ११ औँ वार्षिक साधारणसभाबाट पाति भएपछि शेयरधनीले पाउनेछन् ।

 

कमेन्ट गर्नुहोस्