बझाङको चैनपुरमा भिषण आगलागी, लाखौंको क्षती

काठमाडौं, पुष ३ । बझाङ सदरमुकाम चैनपुरमा भिषण आगलागी भएको छ । सदरमुकाममा रहेको एक खोटो कम्पनीमा भिषण आगलागी भएको हो । आगलागीबाट लाखौंको क्षति भएको हुनसक्ने बझाङ प्रहरीले प्रारम्भि अनुमान गरेको छ ।

आज दिउँसो १ दजेदेखि सुरु भएको आगालागी अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

कम्पनीको नाम, क्षतीको पूरा विवरण र आगलागिको कारण भने आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकल परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्