गुप्ताङ्गमा सुन लुकाएर ल्याउने एक जना पक्राउ

काठमाडौं, पुष ३ । आधा किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । कतार एअरवेजबाट काठमाडौं आउँदै गरेका चितवन भरतपुरका अमित घिसिङ आधा किलो सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई ५१४ ग्राम अवैध सुनसहित मंगलबार दिउसो पक्राउ गरेको हो । विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी देवबहादुर बोगटीका अनुसार उक्त परिमाणको सुनका चारवटा बिस्कुट घिसिङले गुप्ताङ्गमा लुकाएर हालेर ल्याएका थिए ।

विदेशबाट आउँदा नेपालीले प्रतिव्यक्ति ५० ग्राममात्र सुन ल्‍याउन पाउँछन्। त्यो भन्दा बढी सुन स्वतः अवैध मानिन्छ।

कमेन्ट गर्नुहोस्