सारेगमप लिटिल च्याम्पको तयारीमा प्रितम, हेर्नुस् यति मिठो गाउँछन् (भिडियोसहित)

काठमाडौं । नेपालीले पछिल्लो समय देशबाहिरका विभिन्न कार्यक्रमहरुमा निकै ठूलो सफलता हासिल गरिरहेका छन् । यस्तैमा इटहरीका बालगायक प्रितम आचार्य चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप ‘लिटिल च्याम्प’को मेघा राउण्डमा प्रवेश गरेका छन् ।

केही समयअघि मुम्बई र दिल्लीको अडिसम पार गरेर नेपाल फर्केका प्रितम यतिबेला मेघा राउण्डको लागि तयारीमा जुटिरहेका छन् । उनको गायिकिमा धेरै जना लट्ठ हुन्छन ।

तलको भिडियोमा हेर्नुस उनले गाएको केही गीतहरु

निकै मीठो स्वरका धनी प्रितम कुनै गायकभन्दा कम छैनन् । सारेगमपबाट टप ११ हुँदै मेनुका पौड्याल बाहिरीएपछि प्रितम नै हुन् सारेगमपमा नेपालबाट सफलता चुम्ने बाल कलाकार ।

इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्ययनरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । उनका धेरै गित तथा कभर गीतहरु युट्युबमा प्रशस्त छन् । इटहरी ५ स्थायी घर भएका प्रितम सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् ।

‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । प्रितमका आमाको छोरा सफल गायक बनेको हेर्ने इच्छा रहेको बताउँछिन्’ ।

आधुनिक, शास्त्रीय दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भाबुक बनाइदिन्छ । केही समय अगाडिदेखि गुरु भुपेन राइले उनलाई निरन्तर अभ्यास गराईरहेको बताए ।

कमेन्ट गर्नुहोस्