बझाङमा भीषण आगलागी, १६ लाख बराबरको क्षति

बझाङ, पुष ३ । आज जिल्ला सदरमुकाम चैनपुरमा भएको आगलागीमा झण्डै १६ लाख बराबरको क्षति भएको छ ।

दिब्या रोजिन एण्ड टर्पाइन कम्पनीले जयपृथ्वी नगरपालीकाको भोपुर बजार नजिकै खोटो संकलन गरी राखेको ठाँउमा अचानक आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको हो । आगलागीमा परी ४६ हजार ७ सय ७४ किलो खोटो जलेर नष्ट भएको छ ।

यो परिमाणको खोटो झण्डै १३ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको छ । यस्तै आगलागीबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का लालबहादुर खातीले सञ्चालन गरेको कुखुरा फार्ममा समेत क्षति पुगेको छ ।

आगोको रापले ३ सय कुखुरा मरेको उनले बताए । त्यसबाट २ लाख ४० हजार रुपैयाँ बराबर क्षति पुगेको खातीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्