शौचालय बनाउन भष्टाचार गरेको आरोपमा प्रअविरुद्ध मुद्धा दायर

काठमाडौं, पुष ३ । विद्यालयमा शौचालय बनाउन आएको रकम भ्रष्टाचार गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापक विरुद्ध मुद्धा दायर गरेको छ ।

सिरहाको कडहर्वा पिप्रा स्थित श्री प्राथमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद यादवले शौचालय तथा मर्मत शिर्षकमा निकासा रकम हिनामिना गरेको भन्दै अख्तियारले मुद्धा दावी गरेको हो ।

कर्मचारीहरुको संचयकोष र नागरिक लगानी कोष रकम एवं विद्यार्थीको नक्कली हस्ताक्षर गरी छात्रवृत्तिको रकम समेत हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारका दावी छ । हिनामिना गरेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा पाँच लाख ५१ हजार छ सय ८४ रूपैया ३५ पैसा हिनामिना गरेको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०६५-०६६ देखि २०७२-०७३ सम्ममा विद्यालयको छात्रवृत्ति, दलित छात्रवृत्ति, अपाङ्ग र सिमान्तकृत छात्रवृत्ति तथा विद्यालयको भौतिक शौचालय र कक्षाकोठा पुनस्स्थापनाको लागि निकाशा भएको बजेट हिनामिना गरेको अख्तियारको दावी छ । इडियूखबरबाट

कमेन्ट गर्नुहोस्