ठेकेदारले निहुँ खाेजे पनि मेलम्ची निर्माण नराेकिने, निर्धारित तालिका अनुसार नै काम सम्पन्न हुने मन्त्रालयकाे दावी

काठमाडौं, पुष ३ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यको जिम्मा लिएको ईटालियन कम्पनीले निहुँ खोजेपनि निर्धारित तालिका प्रभावित नहुने मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले आज विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित तालिका अनुसार कार्य सम्प्नन गर्न मन्तरालयले सबै विकल्पमा गहन छलफफ गरिरहेको जनाएको छ ।

‘अहिलेकै कम्पनिमार्फत बाँकी काम सम्पन्न गर्ने विषयमा समेत छलफल भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘अन्य विकल्पका बारेमा पनि गम्भीर ढंगले छलफल चलाएका छौं । तालिका प्रभावित हुँदैन ।’

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रि मगरले निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउन विशेष पहल गरिएपछि उल्लेख्य काम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेकाे ठेकेदारले काम नगर्ने परिस्थितमा पनि तालिका अनुसार निर्माण सम्पन्न गर्न समेत मन्त्रालय तयार र सक्षम रहेकाे विज्ञप्तिमा उल्लेख छ । हालसम्म खानेपानी मन्त्री बिना मगरको सक्रियतामा मेलम्चीको निर्माण कार्य ९० प्रतिशत सकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो ६ महिनाको अवधिमा मेलम्चीको निर्माण कार्य अन्तिम चरणमा मात्र पुगेको छ । हालसम्म मेलम्चीको ९० प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । २७ किलोमिटर लामो सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भइसकेको छ । साथै, सुरुङको भुई ढलानलगायत फिनिसिङको काम पनि सकिएको छ ।’ पढनुस् विज्ञप्तिकाे पूरा पाठ

कमेन्ट गर्नुहोस्