संसदको दुवै सदनको अधिवेशन पुस ११ गतेदेखि शुरु हुने

काठमाडौं, पुस ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गरेकी छन् ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिसमा यही पुस ११ गते बुधबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयबाट मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले संघीय सदनको समय–समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ । रासस

कमेन्ट गर्नुहोस्