रोज सुनामीको सांगीतिक कोशेली ‘मरि लैजानु के नै छ र…’

रोज सुनामी राईद्वारा स्वरबद्ध ‘मरि लैजानु के नै छर, दुई दिने जीवनमा ? लैजाने मै हुँ तिमीलाई, यही मंसिरैमा…’ बोलको गीतले यतिबेला युटुवमा राम्रै प्रशंसा बटुलिरहेको छ ।

वास्तविक जीवनमा आधारित लाग्ने शब्द र बीच–बीचमा मिसाइएको साकेलाको लयका कारण गीतले धेरैलाई आकर्षित गरिरहेको छ । देवेश राईको शब्द र संगित रहेको सो गितलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको हो ।

गीतको म्युजिक भिडियो पनि त्यतिकै हेर्न लायक बनेको छ । दिनेश माङमुले निर्देशन गरेको गीतको म्यूजिक भिडियो पनि त्यतिकै हेर्न लायक बनेको छ । म्युजिक भिडियोमा धरानकै मनोरम स्थलको रुपमा चिनिने घोपाका दृष्यहरु समावेश छन् ।

यो गितको म्युजिक भिडियोमा सञ्जय लामा र जेसुन लिम्बुले अभिनय गरेका छन् ।रोज सुनामी राई वाल्यकालदेखि नै गीत–संगीत भनेपछि हुरुक्कै हुने गर्दथे । उनको जन्म संखुवासभामा भएपनि उनको वाल्यकाल बराह, सुनसरीमा बित्यो । उमेरले २५ बसन्त पार गरिसकेका उनी १६ वर्षको उमेरमै काठमाडौं भित्रिए । धरानका सांगितिक गुरु भोलाप्रसाद राई र रेडियो नेपालको प्रेरणा सधैं स्मरणीय बनेको रोजको अनुभव छ ।

७ वर्षअघि जब उनी नाम चलेको पूर्वाञ्चल आइडलको फाइनलसम्मको यात्रा गर्न सफल भए तब यो बोलको सार्वजनिक भयो र त्यही गीतलाई नयाँ फ्लेवर दिएर मंगोलियनसहित समग्र नेपाली संस्कृति उजागर गर्ने अठोटका बोकेर संगीत प्रेमी माझ झुल्किए, उनै रोज । उनका दुई सेन्टिमेन्टल र अर्का दुई पूर्वेली लोक भाकामा आधारित गीतहरु पनि रेकर्डिङकै प्रक्रियामा छन् ।

गीत हेर्न तथा सुन्ने स्वदेश र विदेशमा रहने नेपालीलाई आवश्यक सल्लाह र सुझाव दिन पनि रोजको अनुरोध छ ।

भिडियोको युटुव लिंक–

कमेन्ट गर्नुहोस्