पुन्यम र प्रविशाको ‘तिम्रो आँखाको रंग’ गीत सार्वजनिक, सञ्चिता र अमनको यस्तो छ रोमान्स (भिडियोसहित)

चर्चित मोडल सञ्चिता शाही र अमन श्रेष्ठको अभिनयमा रहेको म्युजिक भिडियो एपिक नेपाल म्युजिक प्रालि मार्फत बजारमा आएको छ ।

सार्वजनिक गीतमा पुन्यम प्रधान र गायिका प्रविशा अधिकारीको कर्णप्रिय आवाज रहेको छ ।

गीतमा नविन श्रेष्ठको शब्द तथा संगीत रहेको छ साथै बावु प्रधानको एरेन्ज रहेको छ । गीतको भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन, अविनाश डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ ।

‘तिम्रो आखाँको रंग’ हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्