अशोक दर्जीको चौरीको चाम्रोले अपार सफलतापछि घर छायो खुशीयाली (भिडियोसहित)

अशोक दर्जी अहिलेका सर्वाधिक चर्चित बाल गायक हुन् ।

नेपालका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ गीत गाएर चर्चाको शिखरमा पुगेका अशोकले निकै छोटो समयमा
दर्शकको मन जित्न सफल भएका छन् ।

अशोक सानो उमेरमै देश विदेशको कार्यक्रममा निकै व्यस्त छन् ।

पहिलो गीत सफल भएपछि दर्शकले अशोकको दोस्रो गीतको पनि निकै प्रतिक्षा
गरिरहेका थिए । नभन्दै दर्शकको प्रतिक्षाको फल आएको छ । भर्खरैमात्र
अशोकको दोस्रो गीत सार्वजनिक भएको छ ।

उक्त गीतले अहिले तहल्का पिटिरहेको छ । नेपालको टेन्डिङ नम्बर एकमा एकछत्र राज गरिरहेको छ । अशोकको गीतले तहल्का पिटेपछि उनको घरमा पनि खुशीयाली छाईरहेको छ । टंक बुढाथोकीको शब्द र संगीत रहेको चौरीको चाम्रो छुर्पी बोलको गीतमा टंक, अशोक र ए आरको आवाज रहेको छ ।

उक्त गीतको भिडियोमा पनि टंक, अशोक र ए।आरलाई फिचरिङ गराइएको छ। उक्त गीतको भिडियो निकै राम्रोसँग तयार पारिएको छ । गीतको भिडियोमा अशोक र ए.आरलाई निकै खुलेको देख्न सकिन्छ । पहिलो गीतले जस्तै अशोकको
दोस्रो गीतले पनि दर्शकको मन जितेको छ ।

हेर्नुहोस् भिडियो–

 

कमेन्ट गर्नुहोस्