फेरि अनुलाई कसले लगायो धोका दिएको आरोप (भिडियोसहित)

चर्चित अभिनेत्री तथा मोडल अनु शाह, अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एकतर्फी मायालाई विन्ध्यावासिनी म्यूजिकमार्फत सार्वजनिक गरिएको छ ।

एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छ ।

उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ।

उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मीले गरेका छन् । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो ‘एकतर्फी माया’को गीत

कमेन्ट गर्नुहोस्