‘कर्मचारी समायोजन अध्यादेश’ को विरोधमा कर्मचारीहरुले कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिए

चन्द्रागिरि, पुस ४ ।

‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारीहरुले देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले सोमबारदेखि ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निष्कर्ष निकाल्दै आन्दोलन गर्दै देशभरका सबै स्थानीय तहको कामकाज ठप्प पारेका हुन ।

निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई वञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा स्थानिय तहका कर्मचारी आन्दोलित भएका हुन् । देशैभरको आन्दोलन जस्तै चन्द्रागिरि नगरपालिका अन्तरगत स्थानिय निकायका कर्मचारी पनि कामकाज ठप्प पारेर मेयर गिरीलाई ज्ञापन पत्र बुझाएका हुन ।

चन्द्रागिरि नगरपालिकाका कर्मचारीहरुले केन्द्रको निर्णय बमोजिम स्थानीय स्तरका क्रियाशिल संघ, संगठन, युनियन तथा एशोसियसिनहरुले संयुक्त रुपमा समिति गठन गरी आन्दोलनको घोषणा गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य दिपक कुमार उपाध्यायले वताए ।

उनीहरुले कर्मचारी समायोजन अध्यादेशले सेवा सुविधाबाट गरेको बञ्चितसहितका माग तत्काल सम्बोधन गर्न मागसहित आन्दोलित भएको जनाएका छन् । नगरपालिकाका कर्मचारीहरुको आन्दोलनमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले समेत ऐकेवद्धता जनाएका छन् । चन्द्रागिरि नगरपालिकामा सबै संघ संस्थाको संयुक्त मोर्चा स्थानिय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समिति चन्द्रागिरि नगरापालिकाले सुरु गरेको आन्दोलनमा मेयर गिरीले ज्ञापन पत्र वुझदै ऐकेबद्धता जनाएका हुन ।

यस्तो छ ज्ञापनपत्र-

कमेन्ट गर्नुहोस्