संघीयताप्रतिको वितृष्णाले गर्दा हिन्दूराज्यको माग- चित्रबहादुर केसी

डडेल्धुरा, पुस ४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको कार्यशैली र संघीयताप्रति जनतामा वितृष्णा जागेकाले हिन्दू राज्यको माग उठ्न थालेको बताएका छन् ।

कार्यकर्ता भेटघाटको क्रममा सुदूरपश्चिम प्रदेश दौडाहामा रहेका केसीले आज डडेल्धुरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारलाई सफल मान्न नसकिने बताएका हुन् । यस सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

उनले नेपाली जनताको सात दशकको पर्खाइ र बलिदानीबाट प्राप्त उपलब्धिमाथि खेलबाड गर्न देशी–विदेशी तत्व सल्बलाई रहेको जिकिर गर्दै तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

सरकारको कार्यशैलीले जनतालाई झन् निरास पारेको भन्दै उनले संघीयता असफल भैरहेको बताए  । इमेजखबरबाट

 

कमेन्ट गर्नुहोस्