१६ वर्षीय किशोरद्वारा ८८ वर्षीय बृद्धाको बलात्कार

गुल्मी । गुल्मीमा एकजना बृद्ध महिला बलात्कृत भएकी छिन ।

जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेकी ८८ बर्षिया वृद्धालाई १६ बर्षिय किशोरले करणी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

दिउँसो घरमै बसिरहेका बेला बलात्कार भएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए ।

मंगलबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

मंगलबार वृद्धाको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्