ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं, पुष ४ । बुधबार सुन तोलामा ६ सय रुपैयाँले घटेको छ । आज तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्