डिपिएलको लागि खेलाडी दर्ता आवेदन खुला, फर्म शुल्क एक हजार

काठमाडौं, पुष ४ । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ । आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ । यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ ।

खेलाडीले फर्म भर्दा न्यूनतम रु ३० हजारदेखि अधिकतम दुई लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन् । फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ । फर्मको शुल्क एक हजार तोकिएको छ ।

छ टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

कमेन्ट गर्नुहोस्