आइडलका प्रमुख दाबेदार बिक्रम को हुन् ? नजिकबाट चिन्नुहोस्

काठमाडौं, पुष ४ । पोखराका विक्रम बराल पप, क्लासिकदेखि सुगम संगीतका पारखी हुन् । उनले एसएलसीपछि पोखराको त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिके। नारायणगोपाल, गुलाम अली र अरुण थापा उनका आइडल हुन्।

‘पहिला–पहिला नवीन के भट्टराईलाई पनि एकदमै सुन्थेँ,’ विक्रम भन्छन्, ‘रक सङ गाउन एकदमै मन पथ्र्यो।’ उनकी आमा पनि संगीत पारखी हुन्। आमाको सपना र बुबाको आशीर्वादले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन्।

‘भोट गरेर जिताउने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘आगामी दिनमा पनि त्यही साथ र सपोर्टको अपेक्षा गरेको छु।’ विक्रमले फिल्म ‘प्रसाद’का लागि गीत गाइसकेका छन्।

उनी गोल्डन माइक विजेता पनि हुन्। फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ र एउटा रक प्याटर्नको गीत गाएर उनले गोल्डन माइक जितेका थिए। अन्नपूर्ण सम्पूर्ण साप्ताहिकबाट साभार

कमेन्ट गर्नुहोस्