काठमाडौंका पकेटमारको कोडभाषाः पैसालाई ‘द’ मोबाइललाई ‘कान’

काठमाडौं, पुष ४ । राजधानी उपत्यकामा पछिल्लो समय श्रृंखलावद्ध पकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर टेकुले गत मंसिर १५ गतेबाट यातायात व्यवसायीहरुसँगको समन्वयमा गरेको अपरेशनका क्रममा यति धेरै पकेटमार पक्राउ परेका हुन् ।

काठमाडौंमा सञ्चालित सार्वजानिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अप्रेशन थालेको हो । यो अपरेशनका लागि ५० जना सादा पोशाकका प्रहरीलाई सार्वजनिक यातायातमा यात्रुकारुपमा परिचालित गरिएको परिसरका प्रमुम एसएसपी वसन्त लामाले जानकारी दिए ।

प्रहरोको यो अपरेशनका क्रममा बस र माइक्रोबसका यात्रुको पकेट र झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दा चोर्दै रङ्गे हात ७७ जना पाकेटमारहरु पक्राउ परेका परिसरकार प्रवक्ता डिएपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीहरुले पैसालाई ‘द’ कोडभाषा प्रयोग गर्थे भने मोबाइललाई ‘कान’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसैगरी जसको पकेट रित्याइन्छ उसलाई ‘रामे’ भन्ने गरेका थिए ।

त्यसैगरी पकेटमारी गर्नेलाई ‘मास्टर’ र ‘काशी’ भनेर सम्बोधन गरिन्थ्यो भने पैसा धेरै छ भन्नुपर्दा कोडभाषामा ुटानको ‘द’ र पैसा थोरै छ भन्नुपर्दा ‘जुटको’ भन्ने गरेको खुलेको छ । त्यसैगरी यो समूहले गाडीलाई कोडभाषामा ‘कांचा’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लगेको छ ।

त्यसैगरी केटालाई कोडभाषामा ‘छापा’ भन्ने गरेको खुलेको छ। केटीलाई ‘भद्री’ र पुलिस आयोलाई उनीहरुले ‘ठूल्दार्इ’ आयो भन्ने गरेका थिए । ड्राभइरलाई ुमामु भन्ने उनीहरुले खलासीलाई ‘मले’ भनेर कोडभाषामा चिनाउँथे ।

यो समूहल पकेट रित्याएपछि भाग्ने क्रममा पनि कोडभाषा नै प्रयोग गर्थे । उनीहरुले गाडीबाटट झरेर भागलाई ‘टप्की’, गाडीभित्र अगाडि सरलाई ‘अकल जाइ’ र गाडीभित्र पछाडि सरलाई कोडभाषामा ‘चिछल जा’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अन्नपूर्ण पोस्ट्बाट साभार

कमेन्ट गर्नुहोस्