अध्यक्ष केसी भन्छन्, ‘प्रदेश खारेज गर्नुपर्छ’

डडेल्धुरा, पुष ४ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयता महंगो प्रणाली भएकाले खारेज हुनुपर्ने बताएका छन् ।

डडेल्धुरामा बुधबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यो प्रदेशको काम छैन, हामीले संशोधन प्रस्ताव नै तयार पारेका छौं, कुनै पनि बेला दर्ता गर्छौं ।’

अध्यक्ष केसीले स्थानीय तहलाई थप अधिकार दिनुपर्ने र प्रदेश सरकार खारेज गनुपर्ने बताए । उनले सरकारले गर्न सक्ने काम पनि नगरेको दावी गरे । अध्यक्ष केसीले भने, ‘नौ महिनामा कायापलट त हुन सक्दैन तर यो समयमा भ्रष्टाचारीलाई कार्वाही जस्ता साना कार्य पनि नगरेकाले सरकार अलोचित बनेको छ ।’

उनले देशमा तीन तहको निर्वाचन भएपश्चात पनि सरकारले जनअपेक्षाअनुसार काम गर्ने नसकेको बताए ।

कमेन्ट गर्नुहोस्