सिडी विजय अधिकारीद्वारा बिक्रमलाई ५० हजार सहयोग

पोखरा, पुष ४ । पहिलो भ्वाइस अफ नेपाल विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल सिजन-२’ कोे फाइनलमा पुगेका पोखराका विक्रम बराललाई ५० हजार सहयोग प्रदान गरेका छन् ।

आफ्नो जन्मोथलो पोखरामै आएर आफूलाई भोट गरी जिताउने प्रशंसकलाई धन्यवाद दिदैं अधिकारीले आइडलका प्रतिस्पर्धी बरालका निम्ति पनि भोटको अपिलसमेत गरेका छन्।

अधिकारीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भोट मागेका हुन्। एउटै विद्यालयमा अध्ययन गर्नुको साथै संगीत पनि एकै ठाउँमा सिकेको सम्झदै अधिकारीले बराल राम्रो प्रतिभा भएको बताए।

नेपाल आइडलको फाइनल शुक्रबार हुदैंछ। काठमाडौंको पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको चौरमा फाइनल हुनेछ। कार्यक्रममा विक्रम बराल जिताउ अभियान समितिले सिडीलाई सम्मान गरेको छ।

कमेन्ट गर्नुहोस्