‘फिनाले’ नजिकियो, रविलाई जिताउन विद्यार्थीले चलाए अभियान

काठमाडौं, पुष ४ । नेपाल आइडलको नजिता सार्वजनिक हुने दिन अर्थात् ‘फिनाले’ नजिकिएसँगै फाइनलमा पुगेका प्रतिस्पर्धीले प्रचार–प्रसारलाई व्यापकता दिएका छन् ।

यसैबीच, फाइनलमा पुगेका रवि ओडका समर्थकले विभिन्न स्थानमा प्रचार अभियान चलाइरहेका छन् । स्वदेशमा मात्र होइन विदेशमा पनि उनका समर्थकले भव्य प्रचार कार्यक्रम चलाएका छन् ।

यस्ता कार्यक्रममा संघ–सस्था, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधिलगायत सबै क्षेत्रका नागरिक स्वस्फूर्त तरिकाले जोडिएका छन् ।

पछिल्लो समय विद्यार्थीले रविको व्यापक प्रचार गरिरहेका छन् । उनले आइडलमा ‘अडिसन’ दिएको धनगढीका विभिन्न स्कूल एवं क्याम्पसहरुमा भोट अपिलसम्बन्धी कार्यक्रम नै चलिरहेका छन् ।

प्रतिस्पर्धीलाई ६ गतेको साँझ ५ बजेसम्म भोट गर्न सकिने छ । आइडलको फाइनलमा रविसँगै सुमित पाठक, बिक्रम बराल र अस्मिता अधिकारी पनि छन् । उनीहरु मध्येबाट ६ गतेको साँझ दोस्रो नेपाल आइडल घोषित गरिने छ ।

कमेन्ट गर्नुहोस्