युएई नेपाल र नेपाली कामदारको पक्षमा छ – मानव संशाधन मन्त्री ,हाम्ली

युएई ,पुष ४। संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री नाशर विन थानी जुमा अल हाम्लीले युएई सरकार नेपाल र नेपाली कामदारहरुको पक्षमा रहेको बताएका छन्।

मंग्लवार यूएर्इका लागि नेपाली कार्यबाहक राजदुत सागर फुँयाल र यूएईका मानव संसाधन मन्त्री नासेर थानी अल हाम्लीसँग भएको भेटवार्तामा मन्त्री हाम्लीले नेपाली कामदारले देखाएको इमानदारीता र श्रमको प्रसम्सा गर्दै भेटवार्तामा दुई पक्षीय आपसी सम्बन्ध र श्रम सम्झौताको बिषयमा कुराकानी भएको दूतावास स्रोतले जानकारी दिएको छ।

भेटमा राजदूत फुँयालले युएईमा कार्यरत नेपालीले भोग्नुपरेका समस्या बारे जानकारी गराउदै भिजिट भिसाको नाममा हुने गरेको ठगी र मानव तस्करी लाई रोक्नका लागि पहल गर्ने बिषयमा समेत छलफल भएको जानकारी दिएका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि नेपाली हरुको पहिलो गन्तव्य युएई बनेको भएपनी भिजिट भिसाको नाममा हुने  ठगि र मानव तस्करी लाई रोक्न नसक्दा धेरै नेपालीहरुले समस्या भोग्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्