बलात्कारपछि हत्या कसूरमा जीवित रहेसम्म कैद फैसला

काठमाडौं, पुस ५ । मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई जीवित रहेसम्म कैद फैसला२७ वर्षीय कुसुम पौडेललाई अदालतले बुधबार सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए । –कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्