कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं,पुस ५ ।

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५८ हजार ८ सय भएको थियो भने अाज पनि घटेर ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बुधबार तेजाबी सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अाज पनि ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने अाज पनि  ७ सय २० रुपैयाँमा कारोवार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्