रविलाई अमेरिकाबाट ६३ हजार आर्थिक सहयोग

काठमाडौं, पुष ५ । नेपाल आइडल सिजन–२ को ‘फाइनल’ मा पुगेका रवि ओडको चर्चा देश–विदेशमा व्यापक छ । उनलाई विजयी बनाउन समर्थक निकै सक्रिय  छन् ।

साथै, रविको आर्थिक स्थित कमजोर भएकाले उनलाई सहयोग गर्ने मनकारी व्यक्ति पनि जुट्दै छन् । यसैबीच, अमेरिकामा रहेका भुटानीहरुले रविलाई आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अभावले गर्दा पर्याप्त प्रचार–प्रसार गर्न नपाएको खबर सुनेपछि अमेरिकामा रहेका भुटानीहरुले उनलाई आर्थिक सहयोग गरेका हुन् ।

उनलाई ‘भुट्निज कम्युनिटी अफ टेनेसी अमेरिका’ ले आर्थिक संलकन गरेर नेपाल पठाएको छ । अमेरिकामा रहेका मेघराज तिम्सिना र सीता अधिकारीको सक्रिय पहल तथा चरन तिम्सिनाको प्रचार–प्रसारमा र भूटनिज कम्युनिटी अफ टेनेसीमा आवद्ध ३१ जना नेपाली भाषी भुटानीहरुले रविलाई आर्थिक सहयोग गरेका छन् ।

उनीहरुले ६३ हजार रुपैयाँ संकलन गर्दै नेपाल पठाएको बताइएको छ । चरन तिम्सिनाले फेसबुक ग्रुपमा गरेको अनुरोध अनुसार ३१ जनाले १० डलरदेखि ५० डलरसम्म सहयोग गरेका छन् । ६३ हजार रुपैयाँ एकै दिनको पहलमा संकलन भएको हो ।
रविलाई आइडल बनाउन विभिन्न क्षेत्रका अहिले व्यापक प्रचार भइरहेको छ । उनीसँगै बिक्रम बराल, समित पाठक र अस्मिता अधिकारी पनि नेपाल आइडलको फाइनलमा पुगेका छन् । 

कमेन्ट गर्नुहोस्