७० वर्षीया वृद्धले गरे युवतीलाई बलात्कार

उदयपुर, पुस ५ ।

उदयपुरमा ७० वर्षिय वृद्धाले २० वर्षे युवती जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन ।

जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार त्रियुगा नगरपालिका ७ का बर्ष ७० वर्षिय भतुरमान भन्ने भट्टु दनुवार पक्राउ गरेका हुन ।

दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर जबरजस्ती करणी गरेको पिडितकी आमाको किटानी जाहेरीको आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

दनुवारलाई प्रहरीको नियन्त्रण्णमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिईएको छ ।

कमेन्ट गर्नुहोस्