उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा दोश्रो सिमरा औद्योगिक व्यापार महोत्सवको पुस ६ गते उद्घाटन

काठमाडौँ, पुस ५ ।

बारा जिल्लाको औद्योगिक नगरी सिमरामा भोलि शुक्रबार पुस ६ गतेदेखि १६ गतेसम्म दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सव २०७५ हुने भएको छ ।

उक्त महोत्सब नेपाल सरकारका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने भएका छन् भने त्यस क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको समेत उपस्थिति रहने भएको छ ।

सिमरा फाउण्डेसन सिमराको मुख्य आयोजनामा हुन गईरहेको दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ मा सह आयोजकहरुमा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र नब दुर्गा युवा क्लब सिमरा बारा, हाम्रो समान क्याम्प, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, सामुदायिक विकासशील क्लब सिमरा बारा, भेट्रान्स क्लब सिमराको संयुक्त आयोजनामा दोश्रो सिमरा औद्योगिक ब्यापार मेला तथा खेलकुद महोत्सब पुस ६ गतेबाट पुस १६ गतेसम्म आयोजना हुन लागेको हो ।

सिमरा क्षेत्र आफैँमा एक व्यापारिक पर्यटन तथा धार्मिक साँस्कृतिकको बिबिधताले भरिएको प्रमुख औधोगिक शहर भएकोले यस क्षेत्रको समग्र हितलाई मध्यनजर राखेर दोश्रो सिमरा औधोगिक ब्यापार तथा महोत्सव २०७५ गर्न लागिएको कुरा महोत्सवका संयोजक आरिफ खान बताउँछन । यस महोत्सवले सम्पुर्ण बारा, वीरगञ्जदेखि हेटौंडासम्मका स्थानीयवासीलाई सर्बसुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिन लागेको मेलाले समग्र सिमराबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ ।

सिमरा व्यापारिक धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल रहेको छ । यसै अनुरुप यस मेलाले सिमराको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिकरुपले पनि मजबसत बनाउने र सिमरा क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी महोत्सबका व्यवस्थापक हरि चधरिले गराए ।

मेलामा २ सयभन्दा बढी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाँडाकुडाहरु, एकै ठाउमा सर्बसुलभ तरिकाले पाउने र त्यसैगरी अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ भने मेलामा प्रवेश शुल्क ५० रुपैयाँमात्र रहेको जानकारी सैलेश आचार्यले कमिटीले गराएको छ ।

उक्त मेलामा पशुपति मन्दिरको गेट, सगरमाथा, धरहरा, हात्ती गैडा, माछाको पोखरी, मायादेबीको मन्दिर समेत राखिएको कुरा औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए । जसले गर्दा धार्मिक साँस्कृतिक तथा प्राकृतिक संरक्षणमा योगदान पुग्ने कुरा उनले जानकारी गराए ।

दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सव २०७५ मा करिब ३ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ५ दर्जनभन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए ।

साथै उक्त मेला अबलोकन गरी आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक साँस्कृतिक पर्यटनलाइ प्रबद्र्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् ।

नेपालमा नै सबैभन्दा ब्यबस्थित तथा ठूलो महोत्सव आयोजना गर्दै आएको संस्था औद्योगिक शान्ति नेपाल सस्थाको अध्यक्षमा सन्दिप महत, उपाधक्ष्यमा राजकुमार खड्का, महासचिवमा शंकर गुरुङ, कोषाध्यक्षमा प्रितम मल्ल तथा सचिवालय व्यवस्थापकमा बिनोद जैसवाल रहेको छन् ।

कमेन्ट गर्नुहोस्