बहुप्रतिभाका धनी मोडल आशिष

मोडलिङ, ईभेण्ट व्यवस्थापन तथा फेशन कोरियोग्रफिमा व्यस्त बन्दै गएका छन् आशिष कुमार मिश्र ।

मोडल आशिष २०१६ सालदेखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका छन् । उनी नेपाल स्टार मोडलमा विजेता, बेष्ट वाक, मष्ट ह्यान्डसम टाईटलसमेत जित्न सफल भएका थिए ।

सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका मिश्र छोटो समयमा नै फेशन कोरियोग्राफीमा समेत नाम कमाउन सफल भएका छन । ग्ल्याम वर्ल्ड प्रालिका सीईओसमेत रहेका उनले आधा दर्जन सौन्दर्य प्रतियोगिता समेत आयोजना गर्दै आएका छन् ।

दर्जन भन्दा धेरै राष्ट्रियस्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल आशिषले नेपाल्स चबि मोडल बाट कोरियोग्राफीको करियर सुरु गरे ।

५ फिट ११ इन्च अग्लो २१ बर्षे ह्यान्डसम मोडलको रुपमा चर्चा कमाउदै गरेका मिश्रले ३ वटा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । हँसिलो तथा मिजासिलो स्वभावका धनी मिश्र भविष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमा लाग्ने उनको सोच रहेको बताउँछन । त्यसैअनुरुप अहिले उनी मेहनत समेत गर्दैछन ।

केही तस्वीरहरु-

 

 

कमेन्ट गर्नुहोस्