पत्ता लागे पोर्न फिल्म उद्योगका १० गाेप्य रहस्य !

काठमाडौँ । मनोरंजनको व्यापार फैलिएसँगै पोर्न उद्योग पनि विस्तार हुँदै गैरहेको छ । यो पेशामा पैसा र जोखिम उत्तिकै रहेको छ । पर्दामा यौन क्रियाकलाप गर्ने पोर्न कलाकारहरूका बारेमा धेरै अनुमान लगाइने गरिन्छन् ।

कतिपयले यस्ता कलाकारहरू बेरोजगार भएर यतातिर लागेको अनुमान लगाउँछन् भने यस्ता चलचित्र अवैधानिक रूपमा बन्ने गरेको समेत ठान्दछन् । ट्रेन्डिङ बज नामक वेबसाइटले यो उद्योगका यस्तै केही गोप्य रहस्यहरु खोल्ने प्रयास गरेको छ जसको बारेमा आम मानिसलाई जानकारी छैन ।

१. पोर्न फिल्मका अधिकांश पोर्नस्टारहरु पढाइका डिग्री होल्डर हुन्छन् । पोर्न फिल्म उद्योगमा पोर्नस्टारहरु कुनै बाध्यतामा यो पेशामा आएका होइनन् । उनीहरू राम्रा विश्वविद्यालयबाट उच्च तहको ग्र्याजुएशन या मास्टर्स डिग्रीसम्मको उपाधि समेत हासिल गरेका हुन्छन् र आफ्ना हरेक निर्णय आँफै लिनसक्ने हैसियत राख्दछन् ।

२. पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्छ । कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिन्छ ।

३. सामान्य फिल्म उद्योगमा पुरुष कलाकारले धेरै पारिश्रमिक लिन्छन् तर पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिन्छन् ।

४. पोर्नस्टारले भिडियोमा लगाउने कपडा निकै महंगा हुन्छन् । केही पोर्नस्टारले त भिडियो सुटपछि यी कपडा अनलाइन बेच्छन् ।

५. पोर्न उद्योगमा काम गर्नको लागि प्रवेश पाउनु सानोतिनो परिश्रमको कुरा होइन । यहाँसम्म पुग्नका लागि कैयौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।

६. पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिन्छन् । केहीलाई त यसरी चिन्दा कुनै समस्या हुँदैन तर केहीसँग भने मानिसहरु दुर्व्यवहारसमेत गर्छन् ।

७. धेरैजसो पोर्न फिल्म प्रोडक्सन हाउसका मालिक महिलाहरु हुन्छन् । अस्ट्रेलियामा त लगभग सबैजसो पोर्न उद्योग महिलाकै हातमा छ ।

८. कहिले काँही पोर्नस्टारहरु यो कामबाट बोर हुन्छन् । अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्छन् ।

९. धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो हेर्दैनन् । भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि ख्याल गरे पनि उनीहरुलाई आफ्नो भिडियो हेर्न मन पर्दैन ।

१०. एक पोर्नस्टारका अनुसार मानिसहरु यो कुरामा विश्वास समेत गर्दैनन् कि उनीहरु पोर्नस्टार हुन् । आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएपछि उनीहरु अर्कै पेशा बताउँछन् । एजेन्सी

कमेन्ट गर्नुहोस्