कांग्रेस महासमितिभित्र असहमतिको स्वर, गगन थापा लगायतले पेस गरे ८८ पृष्ठ लामो प्रस्ताव पत्र

काठमाडौँ, पुस ५ । नेपाली कांग्रेसको महासमिति बैठकबाट तत्काल १४ औं महाधिवेशनको माग उठेको छ । पार्टीका १२ जना युवा केन्द्रिय सदस्यहरूले महासमिति बैठक सकिए लगत्तै यस्तो माग उठाएका हुन् ।

कांग्रेस नेतृत्व युवाहरूको काँधमा गए मात्र पार्टीले गति लिने निष्कर्ष निकाल्दै सुरुमा ४ जना युवा नेताहरूको समूहमा अहिले १२ जना गोलबद्ध भएका छन् ।
उनीहरूले महासमिति बैठकमा कांग्रेसलाई समयानुकूल पार्टी बनाउन एउटा प्रस्ताव पत्र समेत महामिति बैठकमा पेस गरेका थिए । उक्त प्रस्तावमा कांग्रेसको मत एवं भूमिका सिमित हुनुमा पार्टी भित्र हुर्किएको बहस शून्य परिस्थितिलाई दोषी ठहऱ्याइएको छ ।

यसका साथै बढ्दो वामप्रभाव र त्यसबारे पार्टी भित्र सैद्धान्तिक चर्चा नहुनुलाई समेत उक्त प्रस्तावमा कांग्रेसको वर्तमान हविगतको रूपमा अर्थ्याइएको छ ।
त्यसका साथै कांग्रेसले सरकार संचालन गर्दाका बेला का नीतिहरूलाई ‘अपरिपक्व’ भन्दै उक्त प्रस्ताव पत्रमा यस्सले वामपन्थीहरूका लागि मैदान खालि गरिएइएको समेत निष्कर्ष निकालिएको छ ।

त्यस्तै अपरिपक्व संगठन निर्माणमा अपरिपक्वता, नाकाबन्दीमा मौनता, संविधानप्रति देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न देखिएको असफलता, सभापति देउबाको पछिल्लो सरकार संचालनमा देखिएको बेथितिलाई समेत उक्त प्रस्ताव पत्रले कांग्रेस कम्जोर हुनुका कारकको रूपमा अर्थ्याएको छ ।

जम्मा ८८ पृष्ठ लामो उक्त प्रस्तावमा कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्रि पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादवले हस्ताक्षर गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्