१० वर्षीय बालिका बलात्कार गरी मार्ने गर्ने कुशुम पौडेललाई जन्मकैद

पोखरा, पुस ५ ।

पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रीया बिकको बलत्कारपछि हत्या गरेका छिमेकी कुशुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको छ ।

मुलुकी संहिता २०७५ पछि यो फैसला भएको यो घटना नेपालको पहिलो जन्मकैद फैसला हो । गत असोज महिनामा १० बर्षिया श्रीया बिकको हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै स्थानीय छिमेकी कुशुम पौडेललाई उनकै घरबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोश बनाएको र बेहोश अवस्थामै उनको यौनाङ्गमा औला हालेपछि टाउकोमा ढुंगाले प्रहार गरेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् ।

तर, अदालतबाटै आदेश आएको यो पहिलो पटक भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्