भैरहवा फाइनलमा, शनिबार ललितपुरसँग उपाधिका लागि भिडने

काठमाडौं, एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडिएटर्सले फाइनलका लागि आफ्नो स्थान सुरक्षित बनाएको छ ।
आज भएको दोस्रो क्वालिफायर प्रतिष्पर्धामा काठमाडौं किंग्स–११ लाई ६ विकेटले हराउँदै भैरहवाले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

अर्को समूहबाट यसअघि नै ललितपुर फाइनलमा पुगेको छ ।

अब फाइनले खेल शनिबार हुने छ ।

आज भएको खेलमा भैरहवालाई काठमाडौं किंग्स–११ ले १११ रनको लक्ष्य दिएको थियो । भैरहवाले भने सजिलैसँग १७ ओभरमा ४ विकेट गुमाएर जीत हात पार्‍यो।

भैरहवाका लागि जिताउन विदेशी खेलाडी रायन टेन डोस्क्याटेले ४५ र रवि इन्दर सिंहले ३१ रन जोडे। ओपनिङ ब्याटिङ गरेका डोस्क्याटेले ३८ बलमा पाँच चौका प्रहार गरे।

प्रतियोगिताका सर्वाधिक रनकर्ता रवि इन्दर सिंहले १९ बलमा ३१ रन बनाए। उनले ३ चौका र १ छक्का प्रहार गरे। योसँगै रविले जारी ईपीएलमा ३ सय ८ रन बनाएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर १ सय रन बनायो।

भैरहवाका लागि प्रतियोगितामा पहिलो खेल खेलेका सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए। उनल २५ बलमा १ चौका र १ छक्का प्रहार गरे। प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङमा भैरहवाका कुशल मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। मोहम्मद नाविदले २ विकेट लिए। कप्तान शरद र अविनाश बोहोराले १र१ विकेट लिए।

टीभीएस ईपीएल अन्तर्गत दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स(११ ले भैरहवा ग्ल्याडिएटर्सलाई १ सय १ रनको विजय लक्ष्य पेश गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले इंनिङ्‌को अन्तिम बलमा सबै विकेट गुमाएर १ सय रन बनायो।

भैरहवाका लागि प्रतियोगितामा पहिलो खेल खेलेका सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए। उनल २५ बलमा १ चौका र १ छक्का प्रहार गरे। प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङमा भैरहवाका कुशल मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। मोहम्मद नाविदले २ विकेट लिए। कप्तान शरद र अविनाश बोहोराले १र१ विकेट लिए।
।।।
टीभीएस एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटको दोस्रो क्वालिफायर अन्तर्गत अहिले काठमाडौं किंग्स( ११ र भैरहवा ग्ल्याडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहवाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

काठमाडौं पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायरमा पुगेको हो। भैरहवाले भने इलिमिनेटर खेलमा चितवनलाई पराजित गरेको हो।

आजको खेलमा विजेताले उपाधिका लागि शनिबार ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। ईपीएलको उपाधि विजेताले २५ लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन्।
आजको खेलमा काठमाडौंले सागर पुनको स्थानमा सन्दीप रजालीलाई खेलाएको छ। सागर गोलीगाँठाको चोटका कारण खेल्न सकेनन्। भैरहवाले भने कुनै परिवर्तन गरेको छैन।

कमेन्ट गर्नुहोस्