समाज सेवा अभियान रुपन्देही कतारको नवौं स्थापना दिवस सम्पन्न

दोहा,पुष ६।समाज सेवा अभियान रुपन्देही, कतारको स्थापना दिवस मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

“सामाजिक तथा आर्थिक बिकासमा सहकार्य आत्मनिर्भर्ता र समृद्ध जीवन सबै को लागि अनिबार्य” भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले नबौ स्थापना दिवस मनाएको हो । सन् २००९ को डिसेम्बर १८ तारिखमा स्थापना भइ सामाजिक कार्यमा सक्रिय संस्थाको स्थापना दिवसको अवसरमा संरक्षक अर्जुन प्रसाद भट्टराइ अध्यक्ष डिल्लीराम भट्टराई तथा प्रमुख सल्लाहकार सनजय रजक लगायतले केक काटेका थिए ।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

सो अवसरमा संरक्षक अर्जुन भट्टराई , पुर्ब अध्यक्ष तथा प्रमुख सल्लाहकार सनजय रजक ,ब्यावस्थापन समिती सदस्य राजु भट्टराई , सल्लाहकार सदस्य लिलम चिदी मगर, भिम तरामु मगर , गौतम रिजाल, छम परियार लगाएतले सस्थाको विगत देखि वर्तमानसम्मका गतिविधि बारे जानकारी गराउदै शुभकामना व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  गण्डकी प्रदेश समन्वय परिषदको अध्यक्षमा हंसराज ढकाल

शुभकामनाको क्रम मा सम्पुर्ण सदस्य हरु को तर्फ बाट सस्था का आजिवन सदस्य शंकर न्यौपाने तथा कार्यसमिती को तर्फ बाट कोषाध्यक्ष बिष्णु बहादुर खडका ले रचनात्मक सुझाव सहितको शुभकामना मन्तव्य राख्नुभयो । ब्यवस्थापन समिती सदस्य हुमाकान्त पोख्रेलले सन्चालन गरेको कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष डिल्लीराम भट्टराईले संस्थालाई यहाँ सम्म पुराउन उल्लेखनीय भुमिका निर्बाह गर्नुभएका सम्पुर्ण सस्थापक, अग्रज तथा पुर्ब कार्यसमिति सदस्यलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  अब जनताले समृद्धिको महसुस गर्न पाउछन् : नेता ढकाल

कमेन्ट गर्नुहोस्