परिवार नियोजन संघको अध्यक्षमा हिमाल कसजू निर्वाचित

नेपाल परिवार नियोजन संघको अध्यक्षमा हिमाल कसजू निर्वाचित भएका छन् ।

संघको पोखरामा भएको अधिबेशनले कसजूलाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यसैगरि प्रदेश नम्बर १ बाट कमला सिवाकोटी र तेजप्रसाद चौलागाई निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश ३ बाट अर्जुन सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यहरु मध्ये ६ पदका लागि निर्वाचन भइरहेको छ । मतदान सम्पन्न भएपछि मत गणना हुने र चाडै बिजयी सदस्यहरुको नाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । संघको कार्यसमितिमा रहने ३ युवा सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमध्येबाट उपाध्यक्ष, महासचिव सहित संघको नव निर्वाचित कार्यसमिति बन्ने छ ।

कमेन्ट गर्नुहोस्