ट्रम्पसँग असहमति राख्दै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा

वासिंटन, पुस ६ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् ।

सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् ।

म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, के होला ट्रम्पको भविष्य ?

ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए । ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा गम्भीर खलल आउने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ ।

आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन्।

याे पनि पढ्नुस  अमेरिकी कारवाहीको जवाफ दिन आफ्नो देश तैयार : पाकिस्तानी सेना

उनले राष्ट्रपति ट्रम्पसँग आफूभन्दा “राम्रो, क्षमतावान र विभिन्न विषयमा ट्रम्पका विचारसँग नजिक मान्छेलाई रक्षा मन्त्री चुन्न सक्ने” अधिकार भएकोले आफू सो पदबाट बाहिरिनु उपयुक्त लागेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन्।

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए।

याे पनि पढ्नुस  डाक्टर बन्न खाेजेकाे भन्दै डाेनाल्ड ट्रम्पकाे चर्काे आलाेचना, ट्रम्पको उपाय घातक हुने चिकित्सकहरुकाे चेतावनी

सर्वत्र निकै आलोचित सो घोषणाबारे त्यसो गर्नु अमेरिकाको रणनीतिक भूल हुने भनी रक्षा मन्त्री म्याटिसले चेतावनी दिएका थिए।

अमेरिकी सैनिकहरूले आईएस् लडाकुहरूको पकड क्षेत्रबाहेकका उत्तर पूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समुहको कब्जाबाट अलग गर्न मद्दत गरेका थिए।

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्