ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

काठमाडौं, पुस ६ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २४ जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर १७ गतेदेखि १९ गतेसम्म बर्दिया जिल्लाको गुलरियामा ‘ब्यवसायिक उन्नत बाख्रापालन तालिम’ सम्पन्न गरेको संस्थाका गुलरिया शाखाका प्रमुख सूर्य भारतीले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु दिनेश देवकोटा, भरत लम्साल, सुमनकुमार दत्त, हरिप्रसाद चौधरी, महन्थी यादव, क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम व्यवस्थापक जिताराम गौतम, शाखा प्रमुख सूर्य भारती रहेका थिए ।

एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत जिताराम गौतमले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको गुलरिया शाखा कार्यालयका प्रमुख सूर्य भारतीले प्रकाश पारेका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो ।

संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।

संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ भाद्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका रु.९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका गुलरिया शाखाका शाखा प्रमुख सूर्य भारतीले जानकारी गराएका थिए ।

तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी रेखा थारु, सहभागी सरस्वती विकले मन्तब्य राखेका थिए । ब्यवसायिकरुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाइदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका कार्यक्रम अधिकृत जिताराम गौतमले जानकारी गराएका थिए । तालिमको संचालन गुलरिया शाखाका कर्मचारी धनीराम थारुले गरेका थिए ।

यस संस्थाले दुर्गम क्षेत्रका गरीब विपन्न परिवारहरुलाई सेवा प्रदान गर्ने हेतुले हरेक वर्ष थप शाखा विस्तार गर्दै आई रहेको छ । यस आर्थिक वर्षमा पनि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षमा रोल्पा जिल्लाको जुगार र जुम्ला जिल्लाको सिन्जामा थप शाखा विस्तार गरेको छ । यस संस्थाले ग्रामीण क्षेत्रका गरीब विपन्न परिवारहरुलाई विना धितोमा कृषिजन्य, पशुपालन, घरेलु उद्योग र ब्यवसाय संचालन बढावाका लागि कर्जा १० देखि १७ प्रतिशतसम्ममा सुलभ दरमा लगानी गर्दै आई रहेको छ ।

कमेन्ट गर्नुहोस्