कुनै बेला म्यादी प्रहरी बनेका थिए रवि, बन्लान त नेपाल आईडल ?

काठमाडौं, पुष ६ । नेपाल आइडलको ‘फाइनल’ मा पुगेका रवि ओडको पृष्ठभूमि धेरैलाई जानकारी छ । तर, अझैं उनले गरेका केही संघर्षका पाटा भने कमैले मात्र जानेका छन् ।

यसैबीच, रविले आफ्नो परिवारलाई केही आर्थिक सहायता होस् भन्नाका लागि २०७० सालमा भएको निर्वाचनमा म्यादी प्रहरीमा भाग लिएका थिए । एभरेष्ट दैनिकसँग कुरा गर्दै रविले भने, ‘हो म २०७० को निर्वाचनमा म्यादीमा भर्ना भएको थिए ।’

आर्थिक स्थिती कमजोर भएकै कारण रविका बुबा भारतमा छन् । उनी पनि केही वर्ष पहिले बुबासँगै कामका लागि भारत गएका थिए । तथापि, रवि केही समय मात्र त्यहाँ बसे । र, पछि स्वदेश नै फर्किए ।

लामो समयदेखि भारतमा बसेर रोजगारी गरिरहेका उनका बुबा आफ्नो छोरा यो उचाइमा पुग्दा औधी खुसी छन् ।

कमजोर आर्थिक स्थितीका बाबजुत पनि यो स्थानसम्म पुग्दा रविप्रतिकाे उत्साह झन् बढ्दै गएको छ ।  आज नेपाल आइडलको ‘फिनाले’ हुँदैछ । फाइनलमा पुगेका चार प्रतिस्पर्धीबाट एकजना आइडल घोषित हुने छन् ।

यो पटकको आइडल रवि बन्ने सम्भावना अत्यधिक रहेको उनका समर्थक बताउँछन् । अब हेरौं रविले नै आइडलको उपाधि जित्छन् या जित्दैनन् । यसका लागि अब धेरै समय कुनु पर्ने देखिदैन । –लोकेश धामी 

 

कमेन्ट गर्नुहोस्