नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाद्वारा प्रथम वार्षिकोत्सव कार्यक्रमको भब्य आयोजना

मलेसिया, पुस ६ ।

नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाले आफ्नो प्रथम वार्षिकोत्सव र सम्मानपत्र वितरण कार्यक्रम सभ्य र भब्य आयोजना गर्ने भएको छ।

यहीं डिसेम्बर २३ तारिख आइतबारको दिन मलेसियाको शहर केलाङमा सो वार्षिकोत्सव तथा सम्मानपत्र बितरण कार्यक्रम आयोजना गर्न लागेको कलाकार संघको अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङले बताए ।

अध्यक्ष तामाङले जानकारी गराएअनुसार सम्मानपत्र चाहिं लगातार एकवर्ष यस कलाकार संघलाई अगाडि बढाउन सहयोग गर्ने र रोजगारीको सिलसिलामा प्रवास मलेसियामा बसोबास गरी आफ्नो रोजगार बाहेकको जस्तैः कलाकारिता, पत्रकारिता, खेल, समाजिक काममा साथ सहयोग दिई प्रवासबाट पनि आफ्नो देश र नेपालीहरुको निम्ति केही योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई भब्य स्वागत सहित खादा ओढाइ सम्मानपत्र हस्तान्तरण गरी सम्मानित गर्ने र संघले एक वर्षभित्र गरेको प्रगति विवरण पेश गर्ने कार्यक्रम समेत रहेको बताएका छन् ।

मलेसियामा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरु रहेता पनि नेपाली कलाकारहरुको कुनै संगठनहरु भने थिएन, एक वर्ष पहिला ‘जहाँ कला र संस्ककृति हुन्छ त्यहाँ खुशी मिल्छ’ भन्ने मुल नाराको साथ फुर्वा दोर्जेको नेतृत्वमा नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ नामक संस्था स्थापना गरिएको हो ।

एक वर्षभित्र यस संस्थाले कलाकारिताको क्षेत्रबाट नेपाली पहिचान, संस्कृति जोगाउने काममात्र नभर्इ मृगौला पीडित, दृष्टिबिहिन लगायतको विभिन्न समस्यामा परेका नेपाली युवा, युवती बच्चाहरुलाई सकेको आर्थिक सहयोग समेत गर्दै आइरहेको छ।

कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्यको साथसाथै भरपुर मनोरञ्जनको ब्यवस्था रहेको छ।

आर एन चौधरी थारु

कमेन्ट गर्नुहोस्